Trending

भदौ १ देखी ५ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा

सुर्खेत प्रवेश गर्दा अनिवार्य पीसिआर परीक्षण देखाउनुपर्ने

सुर्खेत, २९ साउन । वीरेन्द्रनगरमा ५ दिन निषेधाज्ञाहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय तह र स्थानीय प्रशासनको सहमति बमोजिम आगामी जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गतेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाँच दिन वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रको चार किल्ला तोक्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । समितिको बैठकले भदौ १ गते विहान ६ बजेदेखी भदौ ५ गते राती १२ बजेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेधाज्ञालागु गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘कोराना रोकथाम र नियन्त्रणका लागि केही समय निषेधाज्ञा लागु गर्ने तयारी थालिएको छ ।’ उनले भने,‘अत्याआवश्यक कामबाहेक सबै बन्द हुनेछन् ।’
विगतको लकडाउनको भन्दा बढी कडाई गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।
निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्यमा क्षेत्र पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । वीरेन्द्रनगर बजार क्षेत्रमा भिडभाड बढ्दै जाँदा कोरोना संक्रमणको थप जोखिम हुने हुँदा निषेधाज्ञा गर्नुपरेको प्रजिअ रेग्मीको भनाई छ । । यसैबीच अब सुर्खेत प्रवेश गर्दा अनिवार्य पीसिआर परीक्षण देखाउनुपर्ने भएको छ ।   बबई, कुइने, कालिमाटी काल्चेबाट लगायतका क्षेत्रबाट सुर्खेत भित्रनेहरुले अनिवार्य पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाए मात्रै प्रवेश दिने प्रजिअ रेग्मी बताए ।