Trending

अख्तियार उजुरी सबैभन्दा बढी स्थानीय तहका

सुर्खेत, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा सबैभन्दा बढी अनियमिता गरेको उजुरी स्थानीय तहका परेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा परेका १०८० अनियमिताका उजुरीमध्ये स्थानीय तहका ३७९ वटा उजुरी स्थानीय तहका परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार स्थानीय तह शिक्षाका १९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका १०६, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका (वन र वातावरण मात्र) ६३, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका(पर्यटन, उद्योग, वाणिज्य र आपूर्ति) ६३, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका ३८, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३०, प्रदेश सामाजिक विकास मन्त्रालयका(स्वास्थ्य मात्र) २८, खानेपानी मन्त्रालयका २८, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका २०, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका १८, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका १८, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका १७, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका (कृषि तथा पशुपंक्षी विकासबाहेक) १५, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका(खानेपानी र सहरी विकास मात्र) १३, सहरी विकास मन्त्रालयका ११, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका(सिंचाई मात्र) ९, गृह मन्त्रालयका ८, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका(भौतिक पूर्वाधार र यातायात मात्र) ७, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका(कृषि तथा पशुपंक्षी विकास मात्र) ५, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ५, संवैधानिक अंगका (अ.दु.अ.आ. बाहेक) ५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४, प्रदेश सामाजिक विकास मन्त्रालयका(शिक्षा मात्र) ४, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका ३, प्रदेश सामाजिक विकास मन्त्रालयका(शिक्षा र स्वास्थ्य बाहेक) २, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका २, अर्थ मन्त्रालयका १, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका १,महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका १ र  युवा तथा खेलकुद मन्त्रालय १ उजुरी परेका छन् ।

अख्तियार कार्यालयमा परेको १०८० उजुरीमध्ये ६१३ वटा उजुरी फर्छ्यौट भएको र ४४७ उजुरीको सुनुवाई हुन बाँकी रहेको कार्यालयका प्रमुख नारायणप्रसाद रिसालले बताए । ‘गएको आर्थिक वर्षमा ५६.७६ प्रतिशत उजुरी फछर््यौट भएका छन् ।’ उनले भने,‘बाँकी रहेका उजुरी पनि प्रक्रियामा अगाडी बढेका छन् ।’

कुन जिल्लाका कति उजुरी

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी उजुरी सुर्खेत जिल्लाका रहेका छन् भने सबैभन्दा कम डोल्पा जिल्लाका छन् । आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेत जिल्ला सुर्खेत जिल्लाका १३८ वटा र डोल्पा जिल्लाका ४९ वटा उजुरी अख्तियार कार्यालयमा परेका छन् ।

दैलेखका १८६, जाजरकोटका १४४, कालिकोटका १०२, जुम्लाका ८४, सल्यानका ८०, रुकुमपश्चिमका ७८, हुम्लाका ६६ र मुगुका ५३ उजुरी परेको कार्यालय प्रमुख रिसालले बताए ।