Trending

राउटेहरु आफ्ना छोराछोरीलाई पढाउन मान्दैनन्


सुर्खेत, २९ साउन । कर्णाली प्रदेशमा जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे जाती आफ्ना छोराछोरीलाई स्कुल पढाउन मान्दैनन् । उनीहरु परापूर्व कालदेखि नै फिरन्ते जीवन विताउने गरेका कारणले पढाउन नमान्ने गरेका हुन् ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमिरहने राउटेहरु अहिले दैलेखको गुराँस गाउँपालिका–८ धरमपोखरामा बस्दै आएका छन् । लकडाउनका बेला सुर्खेतको भेरीगंगा नगरपालिका–२ सत्तरीमा बस्दै आएका उनीहरु अहिले दैलेखको धरमपोखरामा पुगेका छन् ।
फिरन्ते जीवन विताउँदै आएका उनीहरुमा छोराछोरीलाई स्कुल पठाउनु नहुने बताउँदै आएका छन् ।
हामी जंगलमा बस्ने जातीले छोराछोरीलाई स्कुल पठाउन नहुने राउटे मुखिया वीरबहादुर शाहीले बताए । ‘हामीले छोराछोरी स्कुल पठाउनु हुदैँन् ।’ उनले भने,‘हाम्रो चलन अनुसार पढ्यो भने राम्रो हुन्न ।’
स्कुल पढ्न चाहेका शिक्षकको समेत व्यवस्था गर्ने आफुले तयारी गरेको तर, राउटेले आफ्ना छोराछोरीलाई पढाउन नै नमान्ने गरेको दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । ‘उनीहरु आफ्ना बालबालिकालाई पढाउन नै मान्दैनन् ।’ उनले भने,‘हामीले शिक्षकसहितको व्यवस्था गरेर पढाउन सक्थ्यो ।’