Trending

राउटे सस्कृति

रमेश रावल
सुर्खेत, २९ साउन । राउटे जाति राउटेहरू नेपालको लोपोन्मुख आदिवासीहरू हुन् । मध्य–पश्चिमको दैलेख, अछाम र सुर्खेत आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटेको आफ्नै तिब्बत बर्मेली भाषा बोल्ने गरेको छन् । खासमा यिनीहरू नेपाली भाषा राम्रोसँग बोल्न साथै बुझ्न सक्छन् । तिब्बतीयन बर्मेली भाषा गर्ने भनिएको तथ्यमा मान्दा यीनिहरु मंगोलियन हुनु पर्ने हो । तर, यीनिहरु आफुलाई कर्णाली प्रदेशमा रहेका खस ठकुरी मान्दछन् । उनीहरुले भने अनुसार नै यीनिहरु खस ठकुरी नै हुन् ।
बिषेश गरेर पृथ्वीनारायण शाहको पालामा पश्चिम राज्य कब्जा बेला तत्कालिन गोर्खा शाह शासनबाट भागेर जंगलमा बसोबास गरेको हुन सक्छ भन्ने अनुमान पनि गर्न सकिन्छ ।
जंगलमा बस्न रमाउने यो जाती बादरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन । यो जातीको सस्कृति पनि आफ्नै किसिमको रहेको छ । उनीहरु जता गएपनि लठ्ठीलौरो, मजिरा, मादल र ढ्याङग्रो बाजा कतै छोड्दैनन् ।
कति छन् राउटे ?
केही बर्ष पहिले ६ सय ५० जनसंख्या रहेको अनुमान गरिएको राउटे जातीमा अहिले भने ४६ घरधुरी र १ सय ५१ जनामात्र छन् । पहिले जनसंख्या गणना गर्न नदिने राउटेहरु अहिले भने सरकारले भरणपोषण भत्ता दिन थालेपछि भत्ता दिन थालेपछि यो जनसंख्या पत्ता लागेको हो ।
केही राउटे भने अहिले जंगल घुमन्ते जीवन छाडेर डडेल्धुराको बस्न थालेका छन् । केही भने, जंगलमा नै घुमन्ते जीवन बिताउन थालेका छन् ।
आफ्नै श्रममा बाच्छन्
फिरन्ते जीवनशैली आफ्नै श्रमशक्ति बाच्ने गर्दछन् । जंगल बिभिन्न जातका काठबाट कोषी मदुस बनाई त्यसलाई गाँउमा गएर अन्न पातसँग साटेर जिविका धान्ने गर्छन् । दिनभर काठका सामाग्री निर्माण गर्नु, बाँदरको शिकार गर्नु, माग्नका लागि नजीकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो ।
राउटेहरु आफुलाई कर तिरो तिरेर खेतीपाती गरेर, गाउँमा बस्नुलाई र अर्काको सित्तैमा खानुलाई अपराध सम्झने गरेको कर्णालीका संस्कृतिका जानकार चन्द्रप्रसाद कोइराला बताउँछन् । ‘बाटो लागेपछि पछाडि फर्केर खोला वा तालको पानी खाँदैनन्, मूलको मात्र खान्छन् ।’ उनले भने,–‘सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियारमात्र हुन्छन् ।’
किन एकै ठाउँमा बस्दैनन
फिरन्ते जीवन बिताउन थालेका राउटे हरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिड्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्दैनन् ।
मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिड्ने गरेको राउटेसँग काम गरिरहेका दैलेखका पत्रकार भक्तबहादुर शाह बताउँछन । ‘नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छ ।’ उनी भन्छन्,–‘राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन् । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन् ।’
रितिरिवाज
राउटे पुरुषले टोपी, फेटा, लंगौटी, कछाड, साडीको गादो लगाउने गर्दछन् भने महिलाहरूले चोली, फरिया, गादोका साथै फलाम र पित्तलका गहना पनि लगाउँछन् ।
उनीहरु बिषेश गरेर देवतामा मस्टो र भुयार कुलदेवताको पूजा गर्ने गरेको हिन्दु धर्म मान्ने गरेका, माघी र दशैँ मान्ने गरेको दैलखका पुराना राजनीतिज्ञ भत्तबहादुर शाहले बताए ।
राउटेको मुख्य मान्छे मुखिया
राउटे समुदायमा मुख्य मान्छेलाई मुखिया भन्निछ । उनीहरु मुखियाको निर्देशनमा चल्ने गरेका छन् । पहिले एक जना मात्र मुखिया हुने गरेमा अहिले राउटेहरुको प्रचलित थरहरू चाहिँ ‘कल्याल’, ‘रास्कोटी’, ‘सोवंशी’का फरक फरक ३ जना मुखिया र एक मुख्य मुखिया रहेका छन् । मुख्य मुखिया ऐनबहादुर शाहीको गत माघमा दैलेखको डुगेश्वरमा भीरबाट लडेर मृत्यु भइसकेको छ भने अहिले जातीका आधारमा सूर्यनारायण शाही, वीरबहादुर शाही र डिलबहादुर शाहीले मुखिया रहेका छन् ।
राउटे जातमा युवतीको अभाव
राउटे जातीमा अहिले युवतीको अभाव रहेको छ । तिन जातीमा रहेका राउटेहरुमा कुनै जातीको जनसंख्या धेरै कुनै जातीको जनसंख्या कम हुदाँ युवतीको अभाव रहेको हो । राउटेका तिन जातीमा कल्याल वंशका राउटेको जनसंख्या धेरै रहेका छन् । त्यसको तुलनामा इष्टमित्र राष्कोटी र सोवंशी थोरै छन् । बिहेका लागि कल्याल वंशका राउटे युवाहरुमा युवतीको खाचो छ ।
कोही सानोमा बिहे गर्न बाध्य छन्, कोही उमेर पुगेर पनि बिहे गर्न पाएका छैनन् । एकल महिलाले अरुको अनुहार पनि हेर्न नपाउने भएको हुदाँ कल्याल वंशको युवती खाचो रहेको छ ।
लोपउन्मुख अवस्थामा राउटे जाती
पश्चिममा नेपालमा राउटे पहिले गरिएको सन् २००१ मा गरिएको अनुमानभन्दा अहिले २० बर्ष पछि जनसंख्या निकै कम हुन थालेको छ । अहिले उनीहरु केवल १ सय ५१ का हाराहारीमा मात्र रहेका छन् । राउटेहरुको जनसंख्या निकै ह्रास उन्मुख अवस्थामा छ । जलबायु परिवर्तन, समाजमा भएको तिब्र परिवर्तनले राउटेहरु समयाअनुल लिन नसक्दा जनसंख्यामा भारी गिरावाट आएको छ । संम्भवत यस्तै अवस्थामा राउटे रहने भने केही बर्षमा इतिहास मात्र रहने निश्चित छ ।