डोटीमा घर भत्कियो, एकै परिवारका चारजनाको मृत्यु

कर्णालीपत्र संवाददाता २७ श्रावण २०७७, मंगलवार ०८:४१

डोटी – डोटीको बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। अरु पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककनीका नुगे लुहारको ढुंगा माटोले बनेको तीन तले घर भत्किँदा चारजनाको ज्यान गएको डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा नुगेकी ३५ वर्षकी श्रीमती विष्णा लुहार, उनका ११ वर्षका छोरा पारस लुहार तथा छोरीहरु सात वर्षकी निरु लुहार र चार वर्षकी जेनिसा लुहार रहेको डिएसपी मल्लले जानकारी दिएका छन् ।

घाइते हुनेमा नुगेसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारका लागि दिपायल लगिएको प्रहरीले जनाएको छ ।

लगातार वर्षा भएको र ढुंगा–माटोको गारो युक्त पुरानो घर रातिमा भत्किएकाले क्षति ठूलो भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लव समुहका दुई जिल्ला सदस्य सुर्खेतबाट पक्राउ

२७ श्रावण २०७७, मंगलवार ०८:४१
सुर्खेत, २७ साउन । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका दुई जना सुर्खेत जिल्ला कमिटिका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ । । सोमबार भेरीगंगा नगरपालिका–९ जहरेबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विप्लव समूहका जिल्ला कमिटि सदस्य रहेको भेरिगंगा नगरपालिका–९ जहरेका ४८ वर्षिया जिल्ला कमिटी सदस्य कर्णबहादुुर बिसी […]