सचिवालय फेरबदल गर्दै मुख्यमन्त्री शाही

कर्णालीपत्र संवाददाता २५ श्रावण २०७७, आईतवार १२:१५


सुर्खेत, २५ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो नीजि सचिवालयलाई फेरबदल गर्ने भएका छन् ।
नीजि सचिवालयले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै फेरबदल गर्ने तयारी थालेको स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री शाहीको नीजि सचिवालयका रहेका स्वकीय सचिव, राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस सल्लाहकारलगाएतका सचिवालय गठन गरिएको छ ।
त्यसमध्ये अहिले तत्काल मुख्यमन्त्री शाहीका स्वकीय सचिव रहेका खेमबहादुर सिंह र जनसम्पर्क सल्लाहकार रहेका जनकनाथ योगीलाई फेरबदल गर्ने अन्तिम तयारीमा रहेको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार स्वकीय सचिव खेमबहादुर सिंहको ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य दिनेश चदाँरा नियुक्त गर्ने र जनसम्पर्क सल्लाहकार कसलाई नियुक्त गर्ने भन्ने बिषयमा मुख्यमन्त्री शाहीले आन्तरिक परामर्श गरिरहेको छन् ।

One thought on “सचिवालय फेरबदल गर्दै मुख्यमन्त्री शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लवका जुम्ला जिल्ला सेक्रेटरीसहित ३ जना पक्राउ

२५ श्रावण २०७७, आईतवार १२:१५
सुर्खेत, २५ साउन । सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लव समुहका जिल्ला सेक्रेटरीसहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ । जुम्लाको तिला गाउँपालिका–७ घोडेगाउँबाट उनीहरु शनिबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जुम्ला जिल्ला सेक्रेटरी रहेका मुगु सोरु गाउँपालिका–६ का ३७ वर्षिया राजबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७ धाचु २९ […]