प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि

कर्णालीपत्र संवाददाता २५ श्रावण २०७७, आईतवार ११:१६

बुटवल, २५ साउन । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार राति आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ घर भएकी सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन् ।

भेरी अस्पताल नेपालगन्जमा शनिबार गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२६‍औं आदिवासी दिवसको अवसरमा रक्तदान

२५ श्रावण २०७७, आईतवार ११:१६
सुर्खेत, २५ साउन । आज २६औं विश्व अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले रक्तदान कार्यक्रम गरि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले हामीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै वीरेन्द्रनगरमा रगतको अभाव भैइरहेको महशुस गर्दै रक्तदान कार्यक्रम गरेको […]