Trending

वास्तविकरुपमै कछुवाले खरायोलाई दौडमा हरायो !(भिडियोसहित)

 


काठमाडौं, २४ साउन । हामीले विद्यालयमा पढ्दा खरायो र कछुवाको कथा सुनेकै थियौँ । कथामा कछुवाले आफ्नो गतिमा यात्रा गर्ने र खरायोले घमण्डका कारण बाटोमै आराम गर्दा कछुवाले दौड जितेको थियो । आम नेपालीले यो कथालाई पटक पटक भन्ने गर्छन् । वृद्धवृद्धाले बालबालिकालाई सम्झाउनका लागि यो कथा धेरै पटक प्रयोग गरेको पाइन्छ ।

अहिले सामाजिक सञ्जालमा एउटा प्रतिस्पर्धाको भिडियो भाइरल भएको छ । भिडियोमा कछुवा र खरायोको दौड प्रतियोगितामा कछुवाले बिस्तारै हिँडेर खरायोलाई जित्छ । यो भिडियो सयौँले सेयर गरेको नागरिक खबर अनलाईनले लेखेको छ ।

३९ सेकेण्डको यो भिडियोमा दजनौँ व्यक्तिले हुडिङ गरेको सुन्न र देख्न सकिन्छ । सुरुवातमा तिब्र गतिमा अगाडि बढेको खरायो बिस्तारै रोकिन्छ । तर, कछुवाले भने बिस्तारै आफ्नो गति अगाडि बढाउँछ । अन्तिममा कछुवाले फिनिसिङ लाइन पार गरेर विजेता बन्छ ।

 

एजेन्सीको सहयोगमा