विद्युत् सेवा अवरुद्ध हुँदा मुगु सदरमुकाम अन्धकारमा

कर्णालीपत्र संवाददाता २३ श्रावण २०७७, शुक्रबार १७:२५


मुगु, २३ साउन । जिल्ला सदरमुकाममा वितरित विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामलगायत आसपासका क्षेत्र अन्धकार भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत गमगाड वितरण केन्द्रको विद्युत्गृहमा रहेको नोजल प्रेसर ट्याङ्कको सेटमा समस्या आउँदा बुधबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत् सेवा पुगेका ११ वडामा रहेका दुई हजार ८ सय ४ ग्राहक अँध्यारोमा बस्नु परेको छ भने दैनिक सरकारी कामकाज सञ्चालन गर्न समस्या भएको छ ।

बुधबार राति ११ बजे विद्युत्‌गृहमा नोजल प्रेसर ट्याङ्कबाट तेल चुहावट भएपछि विद्युत् उत्पादनमा अवरोध आएको थियो । मुगुका करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाड साना जलविद्युत् आयोजना पटकपटक बिग्रिन थालेपछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।

करिब ३९ हजार ६ सय ७ युनिट बत्ती खपतबाट करिब रु तीन लाख ५० हजार मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत् आयोजनाले जनाएको छ ।

कूल ४ सय किलोवाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् उत्पादन केन्द्रको नोजल प्रेसर सेट मर्मत तथा नयाँ सेट खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र उक्त सामग्री चीनमा मात्र पाइने हुँदा खरिदका लागि केही समय लाग्ने भएकाले बत्ती आउने समय यकिन भन्न नसकिने आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैनः रायमाझी

२३ श्रावण २०७७, शुक्रबार १७:२५
अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनुभएको छ ।प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी […]