प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण

कर्णालीपत्र संवाददाता २२ श्रावण २०७७, बिहीबार १२:५०


जनकपुर, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि यादव आफ्नै निवासमा आइसोलेसनमा बसेको उनका स्वकीय सचिब ललित मण्डलले जानकारी दिए ।

यादव केही दिनअघि संघीय सरकारले काठमाडौंमा आयोजना गरेको प्रहरी समायोजन सम्बन्धि बैठकमा सहभागी भएर एकसाता अघि जनकपुर फर्किएका थिए ।

त्यसैगरी, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ । उनी जनकपुर स्थित आफनै निवासमा आइसोलेसनमा बसेकी छन् । सांसद यादवले आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, रिपोर्ट पोजेटिभ आएकोले घरमै आइसोलेसनमा बसेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डको सचिवालयका ६ सुरक्षाकर्मीका कोरोना संक्रमण

२२ श्रावण २०७७, बिहीबार १२:५०
काठमाडौं, २२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गर्दा नेपाल प्रहरीका ६ जनामा कोरोना पोजिटिभ देखिएको हो […]