जुम्लाको कोटघर स्वास्थ्यचौकी सिल

कर्णालीपत्र संवाददाता २२ श्रावण २०७७, बिहीबार १०:५१

जुम्ला, २२ साउन । कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ ।

कनकासुन्दरी–३ स्थायी घर भएको १ महिलालाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो ।

स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको  र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिइन् ।

सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा पहिरोका कारणले ३५८ घर भत्किए, ५९५ घर परिवार विस्थापित

२२ श्रावण २०७७, बिहीबार १०:५१
सुर्खेत, २२ साउन । साउन महिनोको द्रोश्रो हप्ता कालिकोटमा गएको बाढी पहिरोका कारणले ३ सय ५८ घर भत्किएका छन् भने ५ सय ९५ परिवार विस्थापित भएका छन् । बाढी पहिरोका कारणले जिल्लाको सबैभन्दा बढी क्षति नरहरिनाथ गाउँपालिकामा भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गेरैले बताए । ‘१० जनाको मृत्यु भएको छ […]