सुर्खेत उद्योग वाणिज्य संघमा बिवाद मिल्यो

कार्य समिति र केन्द्रीय निर्वाचनमा सर्वसम्मत सिफारिस

कर्णालीपत्र संवाददाता २१ श्रावण २०७७, बुधबार १९:४४

सुर्खेत । कार्य समितिमा रिक्त सदस्यको मनोनयन र केन्द्रीय निर्वाचनमा उम्मेदवार सिफारिसको विषयमा सुर्खेत उद्योग वाणिज्य संघमा दुई पक्षबीच भइरहेको बिवाद समाधान भएको छ । दुबैपक्षलाई मान्य हुने गरि मनोयन र उम्मेदवार सिफारिस सर्वसम्मत भएपछि केही दिन देखी देखिएको बिवाद समाधान भएको हो । बुधबार सम्पन्न बैठकले कार्यसमितिमा रिक्त ३ जना सदस्य र केन्दमा निर्वाचनको लागी ४ जनाको उम्मेदवार नाम सर्वसम्मत सिफारिस गरेपछि बिवाद समाधान भएको हो ।

संघको बुधबार सम्पन्न बैठकले वस्तुगततर्फबाट योगेश खत्री, महिलाबाट भगवती थापा भट्टराई र खुलाबाट कृष्णप्रसाद सुवेदीलाई संघको कार्य समिति सदस्यमा मनोनित गरेको हो । वासुदेव शर्मा र हरि विष्टलाई विशिष्ठ सदस्यका रुपमा मनोनित गरेको छ । त्यस्तै बैठकले नेपाल उद्योग वाणिज्य संघ केन्द्रीय निर्वाचनका लागि सुर्खेतबाट निरक केसी र जगत खड्का र प्रकाश अधिकारीलाई केन्द्रीय सदस्यमा उम्मेदवारको लागी सिफारिस गरेको छ केसी र खड्का खुल्ला केन्द्रीय सदस्य तथा अधिकारी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य उम्मेदवारको सिफारिसमा परेका हुन ।

केन्द्रीय सदस्यमा केसी र खड्का मध्ये एक जनाको मात्र नाम पठाउने दुबै पक्षको अडानले केही दिन यता बिवाद बढेको थियो । केसी हाल केन्द्रीय कोषाध्यक्ष हुन । उनी लगातार सातौ पटक केन्द्रीय सदस्य भएको भन्दै नयाँलाई मौका दिनुपर्ने भन्दै खड्काको मात्र सिफारिस हुनुपर्ने अडानमा एकपक्ष थियो भने अर्को पक्षले केसीको मात्र नाम सिफारिस हुनुपर्ने अडान लिर्दै आएको थियो । अनन्तः दुबै जनाको नाम सिफारिस गर्ने सहमति भएको छ ।

यसैगरी बैठकले कर्णाली प्रदेश अध्यक्षमा पदमबहादुर शाहीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश अध्यक्षमा संघका पूर्व केन्द्रीय सदस्य टेकबहादुर भण्डारीले दावी गरेका थिए । शाही र भण्डारीबीचको सहमतिपछि शाहीको एकल नाम संघले सिफारिस गरेको हो । उम्मेदवार सिफारिसको बिषयमा संघभित्र दुई पक्ष देखिएपछि उपाध्यक्ष गणेश बस्नेतसहितको पक्षले बिशेष बैठकको माग गरेको थियो ।

संघका महासचिव लक्ष्मण कंडेलले मनोनयन र उम्मेदवार सिफारिसमा देखिएको बिवाद सहज रुपमा समाधान भएको बताए । उनले भने, ‘संघमा अहिलेसम्म बहुमत र अल्पमतको आधारमा कुनै निर्णय भएको छैन । यस पटक देखिएका बिवाद पनि हामीले सर्बसम्मत रुपमा निर्णय गरेका छौँ। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको कोटघर स्वास्थ्यचौकी सिल

२१ श्रावण २०७७, बुधबार १९:४४
जुम्ला, २२ साउन । कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी–३ स्थायी घर भएको १ महिलालाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो । स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका […]