Trending

चौरजहारी घटना पीडितलाई पाँच लाख सहयोग

काठमाडौं :   गायक यश कुमारले रुकुमको चौरजहारी हत्या घटनाका मृतक परिवार र घाइतेलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमगरलाई उनले पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । चौरजहारी घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो ।

गायक यश कुमारले केही समयअघि सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरेका थिए । अमेरिकाबाट दुई लाख ८९ हजार पाँच सय, अस्ट्रेलियाबाट ८६ हजार चार सय, बेलायतबाट एक लाख ५० हजार, गो फन्ट मीबाट ६५ हजार तीन सय, क्यानडाबाट ५० हजारलगायत गरी पाँच लाख २१ हजार रुपैयाँ सहयोग जम्मा भएको थियो ।

मृतक परिवारलाई ५० हजार र घाइतेलाई १० हजारका दरले तथा कानुनी प्रक्रियामा ८० हजार रुपैयाँ सहयोग गर्ने गरी चेक हस्तान्तरण गरिएको गायक यश कुमारले बताए ।


error: Content is protected !!