Trending

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित


एजेन्सी । भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी दिएका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि मैले परीक्षण गराए र रिपोर्ट पोजिटिभ आएको छ । मेरो स्वास्थ्य ठीक छ । तर डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ती हुँदैछु । मेरो अनुरोध छ कि तपाइहरु जो पनि पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनु भएको छ भने क्रिपया आफूलाई आइसोलेट गरेर जाँच गराउनुहोला ।’


error: Content is protected !!