Trending

नेपालगन्जमा चिकित्सक, अदालतका कर्मचारीसहित १२ जनामा कोरोना संक्रमण पुष्टी


नेपालगन्ज, १८ साउन । भेरी अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा थप संक्रमण पुष्टी भएको छ । भेरी अस्पतालका अनुसार, नयाँ संक्रमण भएकोमा आर्मी अस्पताल राँझाका एक जना चिकित्सकसहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना स्थानीयलगायत छन् ।

कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा आजबाट निषेधित क्षेत्र जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आव्हान गरेका छन् । स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको बताइएको छ ।


error: Content is protected !!