Trending

२४ घन्टामा २४६ संक्रमित थपिए, १११ जना डिस्चार्ज


काठमाडौं, १८ साउन । पछिल्लो २४ घन्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४ घन्टामा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १११ जना कोरोना संक्रमित निको भएर डिस्जार्च भएका छन् ।

योसँगै कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ भने हाल १० हजार ९३४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।


error: Content is protected !!