Trending

विद्युतका कर्मचारीलाई डा.केसीले भने,–निर्दोष बिरामीहरुको यमराज जस्तै हो तपाईं !


सुर्खेत, १८ साउन । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक डा.नवराज केसीले सुर्खेतमा विद्युत छिनछिनमा आउने र जाने गरेका कारणले आइसियुमा रहेका निर्दोष बिरामीको यमराज भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै डा.केसीले विद्युत छिनछिनमा जाने र आउने गर्दा आइसियुमा रहेको बिरामीको ज्यान खतरामा रहेको बताएका हुन् ।
डा.केसीले ‘सुर्खेतमा छिनछिनमा बत्ती आउने–जाने–आउने–जाने हुँदा केवल घरका पंखा र सडकका बल्बहरु मात्र निभ्दैनन ।’ उनले भने,‘अस्पतालको आइसियुमा सास फेर्न नसकी मृत्युुसँग लडिरहेका बिरामीहरुलाई कृतिम सास प्रदान गर्ने मसिनहरु पनि झ्याप्प झ्याप्प रोकिने गर्छन् ।’
यसरी जिम्मेवार निकायबाट चरम लापरवाहीका कारणले निर्दोष विरामीको मृत्यु भएमा विद्युतका कर्मचारी लक्षित गर्दै कसैको मृत्यु भएका निर्दोष बिरामीहरुको यमराज जस्तै हो तपाईं ! भनेका छन् । ‘बत्ती यस्तो भएको लामो समय भई रहदा पनि यसको समाधानमा यत्रो समयसम्म नभएको देख्दा सबैलाई दुःख लागेको छ ।’ उनले भनेका छन्,‘वत्ती एउटा सुबिधा त होनी भनी सम्बन्धित निकायले अली कती बेइमानी वा लापरवाही गरिरहनु भएकोछ भने उहाँलाई भनिदिनु होला । ती निर्दोष बिरामीहरुको यमराज जस्तै हो तपाईं !’


error: Content is protected !!