Trending

आइतबार कर्णालीमा कोरोना संक्रमित भेटिएनन्


सुर्खेत, १८ साउन । कर्णालीमा आइतबार एक जना कोरोना संक्रमित फेला परेका छैनन् ।
कर्णाली प्रदेशका बिभिन्न ठाउँमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा पनि कोरोना संक्रमण नभेटिएको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘आइतबार एक जनामा पनि कोरोना संक्रमणका बिरामी फेला परेका छैनन् ।’ उनले भने,‘शनिबार सल्यानमा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।’
हाल कर्णालीमा कोरोना संक्रमणका १२३९ जना रहेको र त्यसमध्ये १७२२ जना निको भएर घर फर्किएको डा. तिवारीले बताए । ‘हाल सक्रिय संक्रमितका बिरामी २११ जना रहेका छन् ।’ उनले भने,‘कोरोनाका कारणले ६ जनाको मृत्यु भएको छ ।’


error: Content is protected !!