Trending

मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य गम्भीर घाइते


कैलाली, १७ साउन । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छन् ।

धनगढी–८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटनामा परेकी हुन् । बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लगिन थालिएको छ ।

उनको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रदेशसभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन् ।


error: Content is protected !!