Trending

जुम्लामा होटल खुलेपनि व्यापार शुन्य


जुम्ला, १७ साउन । कोरोना भाईरसका कारण अन्य क्षेत्र जस्तै होटल व्यवसाय पनि प्रभावित छन् । लाखौ करोडौंको ऋण लिएर होटल व्यवसाय संचालन गरेका व्यवसायीलाई लामो लकडाउनले ठुलो घाटा समेत लाग्यो । एका तर्फ लकडाउन लम्बीने अर्को तर्फ बैंक सहकारी ब्याज बढ्दै जाने तनावले व्यवसायी निकै चिन्तीत थिए । सम्भर ब्याज मिनाह गर्नु पर्ने नभए १–२ वर्ष भाका सार्नुपर्ने व्यवसायीले माग गरेपनि सम्बोधन हुन सकेन् । अन्ततःकरिब साढे तीन महिना सम्म जारी लकडाउन साउन ६ गतेबाट अन्त्य भएपछि होटल व्यवसायी केहिगत खुसी भए ।
कर्णालीका हिमाली जिल्लामा कोरोना संक्रमणको खतरा कमै छ । कर्णालीमा अहिलेकै समयमा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो हुन्छ । सरकारले ठिक समय लकडाउन खुलेको र होटल व्यवसायले साढे तीन महिना गुमाएको आम्दानी कमाउने अपेक्षामा व्यवसायी थिए । सोहि अनुसार होटल संचालनमा पनि ल्याए । साउन ६ गतेको मन्त्रिपरिषदको बैठक अनुसार साउन १५ गतेबाट होटल व्यवसाय संचालन हुने भनिएपनि कर्णालीमा विगत तीन महिना हप्ता पहिले देखिनै संचालनमा थिए ।

सामाजिक संजाल मार्फत जुम्लाका दर्जनौ होटल व्यवसायीले आन्तरिक तथा बाह्य पाहुनाको स्वागतमा कुरिरहेको उल्लेख गरे । विडम्बना कोरोनाको त्रास कायमै रहेकाले गर्दा होटल संचालनमा आएपनि व्यापार भने शुन्य रहेको व्यवसायीको गुनासो छ ।
बाह्य पाहुना त परै जावस आन्तरिक जिल्ला भित्रका कुनै गतिविधि संचालन नहुँदा होटलको कमाई शुन्य भएको हो । कान्जिरोवा होटल प्रालिका संचालक नोर्बु लामाले भने,‘सरकारको निर्णय अनुसार साउन १५ गतेबाट होटल रेष्टुरेण्ट संचालन भए । कर्णालीमा विगत दुईहप्तादेखि होटल संचालन भएपनि कमाई शुन्य छ ।’
अन्तरजिल्ला पर्यटकहरुको आवागमन बिना होटल व्यवसाय संचालन गर्नुको अर्थ नरहेको समेत उनको भनाई छ । ग्राहकको माग अनुसार मात्र खोल्ने सरकारको निर्देशन भएपनि एक पनि ग्राहक नआउँदा बैंक किस्ता तिर्ने पिरले हैरान भएको समेत लामाले उल्लेख गरे । एकातर्फ बैंक तथा सहकारीले किस्ता हाल्न ताकेता दिईरहेका छन् ।
भने अर्को तर्फ होटलको कमाई शुन्य छ । कसरी किस्ता तिर्ने भन्ने चिन्ताले सताएको छ । ऋण मिनाह नभएपनि किस्ता तिर्ने भाका भने १-२ वर्ष सार्नुपर्ने माग समेत सम्बोधन नहुँदा होटल व्यवसायी समस्यामा परेको व्यवसायी राजु केसीले बताए । उनका अनुसार आन्तरिक पर्यटकहरु फाटफुट आएपनि लक्ष्य अनुसारको कमाई हुन सकेको छैन् ।


error: Content is protected !!