Trending

कोरोनाको असर दशकौँसम्म रहन्छः विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व महामारी कोरोना भाइरस रोग (कोभिड–१९) को असर दशकौँसम्म रहने बताएको छ ।

शुक्रबार डब्लूएचओका प्रमुख अधानोम टेड्रोसले यस्तो बताएका हुन् । ‘महामारी एक शताब्दीमा एकपटक हुने स्वास्थ्य संकट हो’, प्रमुख टेडरोसले भने, ‘यसको असर दशकौँसम्म महसुस हुनेछ ।’

यसैगरी उनले भाइरसले थुप्रै प्रश्नहरू उब्जाएको र ती अनुत्तरित रहेको पनि बताए । कतिपय देशहरूमा महामारी भर्खरै फैलिन थालेको बताए ।

‘केही देशहरू सुरुवातमा कम प्रभावित भएका थिए’, उनले भने, ‘अहिले ती देशहरूमा कयौँ नयाँ संक्रमण र मृत्यु भइरहेको देखिएको छ ।’
गत वर्षको डिसेम्बरबाट फैलिएको कोरोनाबाट हालसम्म विश्वभर १ करोड ७७ लाख ५८ हजार बराबर संक्रमित भइसकेका छन् । जसमध्ये ६ लाख ८३ हजारले ज्यान गुमाइसकेका छन् । १ करोड ११ लाख ६० हजार निको भएका छन् ।


error: Content is protected !!