Trending

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो


काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा तीन सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपसमेत कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार गरेको नियमित मिडिया ब्रिफिङमा विगत २४ घण्टामा ९२ जना निको भएर संक्रमण मुक्त भएको प्रवक्त डा. जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार विगत २४ घण्टमा ६ हजार नौ सय ९३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको हो ।

हाल सक्रिय संक्रमित पाँच हजार तीन सय ३८ जना छन् ।


error: Content is protected !!