Trending

अमेरिकामा पनि टिकटकमाथि प्रतिवन्ध


एजेन्सी । अमेरिकाले पनि चिनियाँ मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउनसक्ने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग भएको अधिकार प्रयोग गरेर टिकटकमाथि प्रतिवन्ध लगाउने जनाएका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा टिकटक बन्द गर्न आदेश दिने बताएका हुन् । सम्भवतः उनले आज शनिबार नै त्यो आदेशमाथि हस्ताक्षर गर्नेछन् ।

यसअघि अमेरिकी सुरक्षाअधिकारीहरुले टिकटकबाट अमेरिकी जनताको डाटा सुरक्षामा खतरा आउनसक्ने बताएका थिए ।

यो आदेशका लागि ट्रम्पले संकटकालिन आर्थिक अधिकार वा कार्यकारी निर्देशन प्रयोग गर्नसक्ने बिबिसीले जनाएको छ ।

यसअघि भारतले पनि टिकटक लगायत थुप्रै मोबाइल एप्पहरुमा प्रतिवन्ध लगाइसकेको छ ।

२०१७मा लन्च भएको टिकटक चिनियाँ कम्पनीले बाइटडान्सले बनाएको हो । अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक बेच्न बाइटडान्सलाई प्रस्ताव गरिरहेका बेला ट्रम्पको यो घोषणा गरेका हुन् ।


error: Content is protected !!