Trending

कर्णालीमा शनिबार एक जना कोरोना संक्रमित थपिए

सुर्खेत, १७ साउन । कर्णालीका शनिबार एक जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा अस्पतालमा गरिएको परीक्षणमा पाल्पा रम्भा गाउँपालिका–५ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘सल्यान जिल्ला अस्पतालमा गरिएको स्वाव संकलनमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।’ उनले भने, ‘कर्णालीमा कोरोना संत्रमितको संख्या १९३९ पुगेको छ ।’

शनिबार प्रदेश अस्पताल सुर्खेतबाट ४ जना, दैलेख अस्पतालबाट २ जना र सल्यानको छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनबाट १ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए । ‘कर्णालीमा निको हुनेको संख्या १७२२ पुगेको छ ।’ उनले भने,‘कोरोना सक्रिय कोरोना संक्रमित बिरामी २११ जना रहेका छन् । उनीहरुको बिभिन्न अस्पताल तथा आइसोलेसनहरुमा उपचार भइरहेको छ ।’


error: Content is protected !!