कर्णालीमा शुक्रबार एक जनामा कोरोना संक्रमण देखिदा १८ डिस्चार्ज

कर्णालीपत्र संवाददाता १६ श्रावण २०७७, शुक्रबार १५:४७


सुर्खेत, १६ साउन । कर्णालीका शुक्रबार एक जना कोरोना संक्रमित थपिदा १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
शुक्रबार दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका–२ का ३५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘शुक्रबार एक जनामा कोरोना संक्रमण देखिएको छ ।’ ‘कर्णालीमा कोरोना संत्रमितको संख्या १९३८ पुगेको छ ।’
शुक्रबार सुर्खेतको लेकबेसी गाउँपालिकाको आइसोलेसनबाट १ जना, सल्यान अस्पताल सल्यानबाट १२ जना, सल्यानको वनगाड कुपिण्डे नगरपालिका आइसोलेसनबाट ३ जना, रुकुमपश्चिम अस्पताल रुकुमपश्चिमबाट २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए । ‘कर्णालीमा निको हुनेको संख्या १७१५ पुगेको छ ।’ उनले भने,‘कोरोना सक्रिय कोरोना संक्रमित बिरामी २१७ जना रहेका छन् । उनीहरुको बिभिन्न अस्पताल तथा आइसोलेसनहरुमा उपचार भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

१६ श्रावण २०७७, शुक्रबार १५:४७
एजेन्सी । भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण रक्सी नपाएर स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा रक्सी नपाएपछि २० जनाभन्दा बढीले स्यानिटाइजर पिएको बनाइएको छ । स्यानिटाइजर पिएका कारण बुधबार १ जना, बिहीबार ३ जना र शुक्रबार थप ६ जना गरी ९ जनाको मृत्यु भएको […]