प्रहरी प्रधान कार्यालयमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि

कर्णालीपत्र संवाददाता १६ श्रावण २०७७, शुक्रबार १२:२८

काठमाडौँ – प्रहरी प्रधान कार्यालय, नक्सालमा थप २८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ।

संक्रमितहरू सबैलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थप २८ जनामा संक्रमण देखिएको हो।

प्रहरी मुख्यालयमा कसरी कोरोना संक्रमण फैलियो भन्नेबारे संगठनले केही बताएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा बाढी पहिरोमा परि थप २ जनाको मृत्यु

१६ श्रावण २०७७, शुक्रबार १२:२८
सुर्खेत, १६ साउन । कालिकोटमा बाढी पहिरोमा परि थप २ जनाको मृत्यु भएको छ । कालिकोटको रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाका एक एक जनाको बाढी पहिरोमा परि मृत्यु भएको हो । कालिकोट पलाँता गाउँपालिका–८ दाम्री कुलो मर्मत गर्ने क्रममा माथीबाट पहिरो आएर २४ वर्षिया कमल रोकायको मृत्यु भएको छ । […]