Trending

विकास खर्चमा रकम तिन करोडमध्ये एक करोड बढि फ्रिज

 

खड्क सुनार
मुगु, १५ साउन । जिल्लाको छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडाको विकासका लागि आएको रकम खर्च हुन नसकेर रकम फ्रिज गएको छ । छायानाथ रारा नगरपालिका–४ नम्बर वडाले सार्वजनिक सुनुवाई गर्दै वडाको विकासका लागि आएको २ करोड ७८ लाख ६० हजार विकास रकममध्ये लगानी हुन नसकेर १ करोड १६ लाख ५ हजार ७ सय ९० रुपैयाँ फ्रिज भएको हो ।
छायाँनाथ रारा नगरपालिका–४ भामवाडा रुली सिंचाईका लागि नगरपालिकामार्फत सशर्त अनुदानमा आएको २५ लाखमध्ये ११ लाख, ऋणीमोक्क्ष पर्यटकीय पदमार्गका लागि २५ लाखमध्ये २२ लाख, बुका खोला तटबन्धनको ६० लाखमध्ये ५५ लाख, दोबाटो बस्ति तटबन्धन ३० लाखमध्ये २७ लाख मात्र खर्च भएको वडा कार्यालयले जनाएको छ ।
त्यस्तै, भामवाडा खानेपानीका लागि खानेपानी कार्यालयबाट आएको ४ लाख ८० हजारमध्ये ४ लाख, भामबाडा खेल मैदान निर्माणका लागि ६५ लाखमध्ये १५ लाख ६५ हजार, ७ सय १० रुपैयाँ मात्र खर्च भएको छ ।
त्यस्तै रुमड्की गोरेटो बाटो निर्माणका लागि १० लाखमध्ये ५ लाख ५७ हजार मात्र खर्च भएको छ । वन कार्यालयबाट कालापाल्त तटबन्धनका लागि आएको ३० लाख रकममध्ये कति खर्च भयो र कति फिर्ता भयो भन्ने सार्वजनिक गरिएको छैन ।


error: Content is protected !!