कर्णालीमा बाढी पहिरो वितण्डाः बिभिन्न ठाउँमा घर भत्किए, कर्णाली राजमार्ग अबरुद्ध

कर्णालीपत्र संवाददाता १५ श्रावण २०७७, बिहीबार १२:५०


सुर्खेत, १५ साउन । अविरल बर्षाका कारणले कर्णालीका बिभिन्न ठाउँमा घर भत्काएर क्षति गरेको छ । सुर्खेत, हुम्ला र दैलेखका बिभिन्न ठाउँमा घर भत्काएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बुधबार राती हुम्लाको ताजाकोट गाउँपालिका–२ कोलिवाडामा १ जनाको घर भत्किएको मानविय, चौपाया क्षति नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बिहिबार बिहान हुम्ला ताजाकोट गाउँपालिका–५ मदानो दलपति दमाईको घर वडा अध्यक्ष बर्खे बुढाले बताए ।
सुर्खेत बराहताल गाउँपालिका–३ सुकुरमाला धनसिंह तिखात्रीको घर पहिरो आई क्षती भएको स्थानीय चन्द्र गिरीले बताए ।
अबिरल वर्षाको कारण जिल्ला दैलेख गुराँस गाँउपालिका वडा न.४ घोडाबासस्थित सुर्खेत दैलेख सडकखण्ड अबरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकास खर्चमा रकम तिन करोडमध्ये एक करोड बढि फ्रिज

१५ श्रावण २०७७, बिहीबार १२:५०
  खड्क सुनार मुगु, १५ साउन । जिल्लाको छायाँनाथ रारा नगरपालिकाका विभिन्न वडाको विकासका लागि आएको रकम खर्च हुन नसकेर रकम फ्रिज गएको छ । छायानाथ रारा नगरपालिका–४ नम्बर वडाले सार्वजनिक सुनुवाई गर्दै वडाको विकासका लागि आएको २ करोड ७८ लाख ६० हजार विकास रकममध्ये लगानी हुन नसकेर १ करोड […]