कालिकोटमा बाढी पहिरोबाट थप ३ जनाको मृत्यु, १ वेपत्ता

कर्णालीपत्र संवाददाता १५ श्रावण २०७७, बिहीबार १२:३५


सुर्खेत, १५ साउन । कालिकोटको बिभिन्न ठाउँमा बुधबार गएको पहिरोमा परेर थप ३ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् ।
जिल्लाको सान्नी त्रिवेणि गाउँपालिका–७ क्युरीमा पहिरो ६२ वर्षिया पशुराम संज्याल मृत्यु भएको भने अन्दाजी २९ वर्षिया तारा धमाला संज्याल वेपत्ता भएकी छन् ।
त्यस्तै, महावै गाउँपालिका–७ कोडबाडामा घर भत्किदा दुई बालबालिकाको ज्यान गएको छ । बुधबार बेलुका महावै गाउँपालिका–७ का तुल महत्तराको घर वर्षाका कारण भत्किएर खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीकी ४ वर्षीया छोरी संगिता भण्डारी र सुर्ज महत्तराको १२ वर्षीय छोरा गणेश महत्तराको घर भित्रै पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीले बताए ।
पानी परिरहेको अवस्थामा स्थानीय ६ जना बालबालिका तुल महत्तराको घरमा खेलिरहेका अरु ४ जना बालबालिका घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा बाढी पहिरो वितण्डाः बिभिन्न ठाउँमा घर भत्किए, कर्णाली राजमार्ग अबरुद्ध

१५ श्रावण २०७७, बिहीबार १२:३५
सुर्खेत, १५ साउन । अविरल बर्षाका कारणले कर्णालीका बिभिन्न ठाउँमा घर भत्काएर क्षति गरेको छ । सुर्खेत, हुम्ला र दैलेखका बिभिन्न ठाउँमा घर भत्काएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बुधबार राती हुम्लाको ताजाकोट गाउँपालिका–२ कोलिवाडामा १ जनाको घर भत्किएको मानविय, चौपाया क्षति नभएको कर्णाली प्रदेश प्रहरी कार्यालयले […]