Trending

काेराेना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुुुुुुुनेकाे संख्या एक लाख ५० हजार नाध्याे

एजेन्सी: अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार पार भएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार मृतक संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी मानिसको मृत्यु भएको छ।

कोरोनाको महामारी सुरू भएपछि अमेरिकाले कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीले ज्यान गुमाउने अनुमान गरेको थियो भने जुलाई १४ मा उसले नोभेम्बर १ सम्ममा २ लाख २४ हजार मानिसको मृत्यु हुने बताएको थियो।

अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्थालाई लयमा फर्काउन भन्दै संक्रमणदर लकडाउन खोल्न आवश्यक आधारमा नपुगी खोल्न सुरू गरिएको थियो।


error: Content is protected !!