रक्षाबन्धन बाँध्‍न गाउँ निस्किए २७ दिन क्‍वारेन्टाइनमा

कर्णालीपत्र संवाददाता १४ श्रावण २०७७, बुधबार १४:३८


रुकुमपूर्व, १४ साउन । ​रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्‍न रोक लगाइएको छ । ज्योतिष परिषद् रुकुमपूर्वले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो ।

रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए । यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो ।

यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ ।

ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टिनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।

जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बाँधेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए ।

रक्षाबन्धन हिन्दू धर्मावलम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबार कर्णालीमा एक जना मात्र कोरोना संक्रमित

१४ श्रावण २०७७, बुधबार १४:३८
सुर्खेत, १४ साउन । कर्णाली प्रदेशमा बुधबार १ जना कोरोना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा हुम्ला अदानचुली गाउँपालिका–३ का २४ पुरुषमा कोरोना संक्रमण फेला गरेको हो । कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १९१५ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा […]