Trending

पहाडमा पहिरोको पिरलो


तिर्थ सुनार
कर्णाली पहाडी तथा हिमाली क्षेत्रले ढाकिएको छ । यहाँको भुगोलनै डाँडाकाँडा र हिमाल मिलेर बनेको छ । भित्तामा गाउँ छन् भने सदरमुकाम पनि डाँडामा छन् । अधिकांश गाउँ भिरालो जमिनमा अवस्थित छन् । जबकी बस्न अनउपयुक्त ठाउँमा पनि कर्णालीका कयौँ ठाउँमा बस्ती बसेका छन् । तर, बाध्यताले ती क्षेत्रमा बस्ती ठढिएका हुन् । यतिबेला विश्व कोरोना भाइरस न्यूनीकरणको लडाइँमा छ । अर्कोतिर मौसमी वर्षापछि आएको बाढी पहिरोले जनधनको ठूलो क्षति भएको छ । कोरोना त्रासमा पहिरोबाट विस्थापित चिन्तित छन् ।
कर्णालीमा यो वर्षाको समयमा मात्रै करिब दुई दर्जन बढी मान्छेले ज्यान गुमाइ सकेका छन् भने करोडौ धनजनको क्षति भएको छ । पुस्तौँदेखिनै बस्ती विकासमा ध्यान नदिँदा बाढी पहिरोको मारमा सोझा सर्वसाधारण परिरहेका छन् । कमजोर धरातलदेखि खोला किनारसम्म बस्ती छन् । यतिबेला सुरक्षित स्गानको खोजी गरिएन । जोखिमयुक्त ठाउँमा बस्ती भएकाहरु यो समयमा आनन्दले बस्न पाउँदैनन् । रातदिन जाग्राम ९अनिधो० भएर बर्खाको समय बिताउँछन् । पहिरो जाने डर भए पनि अर्को ठाउँ ओत लाग्ने ठाउँ नहुँदा ज्यानलाई बाजीमा राखेर बर्खा कटाउन बाध्य छन् कर्णालीवासी । कतिखेर पहिरो आउँछ वा झर्छ पहिरो भन्ने चिन्तामै उनीहरुको बर्खा कट्छ । तर स्थानीय र प्रदेश सरकार बस्ती विकासभन्दा आफ्नो सेवासुविधा बढाउनमा केन्द्रित भए । दैवी प्रकोपको पूर्व तयारी गर्ने समयमा कर्णाली प्रदेश सरकार र सांसद जनप्रतिनिधिलाई सेवासुविधा निर्धारण गर्न ठीक्क भए ।
राजनीति पेशा नभएर सेवा भएकाले जनप्रतिनिधिलाई सेवासुविधाभन्दा असुरक्षित बस्तीलाई सुरक्षित स्थानतमा स्थानान्तर गर्न सरकार र सांसदको ध्यान केन्द्रित हुनुपर्थ्यो । तर विडम्बना त्यो हुन् सकेन । जसले गरिब तथा निमुखाका घर पहिरोले बगायो । केही मृत्युको सिकार भए । पूर्व तयारी गरेर बस्ती स्थानान्तरण गरेको भए मानवीय क्षति कम हुन सक्थ्यो । तर बस्ती स्थानान्तरण गर्नेबेला सरकार र सांसद सेवासुविधामा कति बनाउने मै व्यस्त भए । प्रदेश र स्थानीय तहका सरकार घर अगाडि नै आउँदा पनि कर्णालीका जोखिम बस्ती व्यवस्थित हुन सकेका छैनन् । कर्णालीमा बर्खाका कारण हुने ठूलो मानवीय र धनजनको क्षति कम गर्न प्रदेश तथा स्थानीय सरकारको हातेमालो हुन आवश्यक छ । दुवै सरकार मिलेर बस्ती विकास गर्दा बर्खाको समयमा कम मानवीय क्षति हुन सक्छ ।
बस्ती, खाद्यान्न र प्रशासनिक क्षेत्र मिलाएर बस्ती विकास हुँदा खेतीयोग्य जमिन पनि मासिँदैन । बस्ती पनि सुरक्षित हुन्छ । बस्ती बसाउँदा सर्वसाधारणले पनि धरातलको अवस्था परीक्षण गर्न आवश्यक छ । जहाँनेर पायो त्यहीँनेर घर बनाउँदा पनि बाढी पहिरोको जोखिममा पर्न सक्छ । नेपालमा कुनै पनि समयमा विपद् आउन सक्ने सम्भावना रहेको मानिन्छ । प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय क्षति हुँदै आएको छ । बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपबाट कर्णाली उच्च जोखिममा छ । युनिसेफका अनुसार विपत्तिको जोखिमका सन्दर्भमा नेपाल क्रमशस् ११औं र १६औं स्थानमा छ । युनिसेफका अनुसार भारतीय र युरोसियन जमिन एक(आपसमा ठोक्किएको भूभाग माथि नेपाल अवस्थित छ । नेपाल जलवायु परिवर्तनका असरबाट पनि जोखिममा रहेको छ र यहाँ तापक्रम बढ्दै जानुको साथै वर्षा पनि अनियमित हुने गरेको छ । जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसम आइपर्नु जस्ता प्राकृतिक प्रकोपहको सम्भावना बढ्दै जान्छ ।
युनिसेफलाई आधार मान्ने हो भने हाल विद्यमान असमानतालाई जलवायु परिवर्तनले झनै कठिन बनाउँछ । बाढी र पहिरो जस्ता यससँग सम्बन्धित जोखिम विद्यमान उच्च गरिबी र खानेपानी तथा सरसफाइ जस्ता अत्यावश्यक सेवाहको पहुँचसँग मिसिन जान्छन् र नेपालको सन्दर्भमा देशका सबैभन्दा पिछडिएका प्रदेश कर्णाली र दक्षिणी तराईको प्रदेश २ ले कैयौं पटक खडेरी र बाढीको सामना गरिसकेका छन् । सन् २०३० सम्ममा जलवायु परिवर्तन र विपद्हरुका कारण हासिल गरिसकिएका विकासलाई पुनः पहिलेकै स्थितिमा पुर्याउने र १ करोड ८० लाखभन्दा बढी जनसंख्यालाई गरिबीतर्फ धकेल्ने सम्भावना रहेको युनिसेफको आकलन छ ।

(लेखक नेकपा युवा नेता तथा समाजसेवी हुन्)


error: Content is protected !!