Trending

प्रचण्ड र नेपाललाई भीम रावलले भने, ‘पदका लागि हाम्रा टाउका गन्ने’ 


काठमाडौं, १३ साउन । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् ।

बालुवाटार भेलामा रावलले पदका लागि भइरहेको झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन् ।

प्रचण्ड उपस्थित बैठकमा उनले भने, ‘केपी ओली र तपाईंबीचको पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन । वामदेवजीको प्रस्ताव राम्रो छ । पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौँ । तपाईंले केपी ओलीसँग पदको विभाजन गर्ने मात्रै सोच्नुभयो ।’


error: Content is protected !!