Trending

नेकपा अनौपचारिक बैठकमा उपाध्यक्ष गौतमले प्रस्तुत गरे मध्यमार्गी प्रस्ताव


काठमाडौं, १३ साउन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन अस्वीकार गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको स्थायी समितिको अनौपचारिक छलफलमा उपाध्यक्ष बामदेव गौतमले पार्टी संकट समाधानका लागि ल्याएको मध्यमार्गी प्रस्ताव पेश गरेका छन् ।

उनले नेकपा संकटबाट गुज्रिरहेको उल्लेख गर्दै आफूले समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएको जानकारी स्थायी समिति सदस्यहरुलाई दिए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउन अस्वीकार गरेपछि जारी नेकपा स्थायी समितिको अनौपचारिक बैठकमा अर्का अध्यक्ष सत्तारुढ नेपाल कम्युष्टि पार्टीका उपाध्यक्ष बामदेव गौतम पार्टीमा देखिएको हालको संकट समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएका हुन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर पार्टी अघि बढाउन आग्रह गरी मध्यमार्गी प्रस्ताव ल्याएका हुन् ।

पार्टीको एकता महाधिवेशनसम्म प्रधानमन्त्री ओली अध्यक्ष र पूर्ण कार्यकाल प्रधानमन्त्री रहने तथा प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गौतमको छ ।

प्रधानमन्त्रीका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नेसहितका प्रस्ताव गौतमले गरेका छन् ।

बैठकमा दाहालले पार्टी संकटको घडीबाट गुज्रिरहेका कारण उत्तेजित नहुन सदस्यहरुसँग आग्रह गरेका थिए ।


error: Content is protected !!