Trending

चन्दननाथ सहकारीको साढे चार करोड आम्दानी


हस्त बुढा
जुम्ला, १३ साउन । सरकारले चैत ११ गतेदेखि अत्याआबश्यक काम बाहेक घर बाहिर नआउन देशैभरि गरेको लकडाउनले सहकारी क्षेत्रमा ठुलो प्रभाब परेपनि जुम्लाको चन्दनननाथ बहुउद्देश्य सहकारी संस्थाको आर्थिक बर्ष ०७६÷०७७ मा रु ४ करोड ६८ लाख १० हजार ६७२ रुपैया कुल आम्दानी गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा निन्यत्रण गर्न गरिएको लकडाउनको प्रत्यक्ष रुपमा बृत्तिय क्षेत्रका सहकारी पनि प्रभावित भए । नियमित बचत, ऋण असुली देखि व्यवसायीक क्षेत्रमा लगानी गर्दै आएका सहकारी लकडाउनले प्रभावित भएका थिए । सहकारी क्षेत्रको लगानीमा ठुलो प्रभाव परेपनि चन्दनननाथ बहुउद्देश्य सहकारी संस्थाले भने, बार्षिक रुपमा साढे ४ करोड बढी आम्दानी गर्न सफल भएको चन्दनननाथ बहुउद्देश्य सहकारी संस्थाका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले जानकारी दिए ।

सहकारीले कुल रु ८८ करोड ५ लाख २१ हजार ५०० ऋण लगानी गरेको हो । अझै संस्थाको ऋण असुली गर्न रु २० करोड १८ लाख ९१ हजार ५८७ रुपैयाँ बाँकी रहेको निर्देशक पाण्डेले बताए । सहकारी संस्थाको बचत परिचालन १३ करोड १६ लाख ८७ हजार ९३० रुपैयाँ, शेयर रु २ करोड ४६ लाख ३ हजार १७० रुपैया, अन्यकोष रु २ करोड ४४ लाख ८४ हजार ३७० रुपैया रहेको जनाएको छ ।

त्यसैगरी संस्थाको बार्षिक कुल खर्च रु ४ करोड २० लाख ७६ हजार ५२७ रुपैया रहेको कार्यकारी निर्देशक पाण्डेले बताए । ५८ जना कर्मचारी भएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय एक, सम्पर्क कार्यालय १० वटा र कर्णाली प्रदेशको ६ ठाउँमा सेवा विस्तार गरेको जनाएको छ ।

यस सहकारी संस्थाका १६ हजार ९६ जना सदस्य रहेका छन् । जसमा पुरुष १ हजार ७६० जना र महिला १४ हजार ३३६ जना सदस्य रहेका छन् । तत्कालिन सहकारी डिभिजन कार्यालय जुम्लामा दर्ता भएका दुई सय बढी सहकारी मध्ये २५ वटा सहकारी मात्रै सक्रिय साथ जुम्लामा काम गरिरहेको तथ्थांक रहेको छ ।


error: Content is protected !!