Trending

कर्णालीमा सुनको मुल्य तोलाको झण्डै एक लाख


सुर्खेत, १२ साउन । कर्णालीमा सोमबार सुनको एक तोलामा सुनको मुल्य ९९ हजार पुगेको छ । आइतबार प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको उच्च मूल्य आइतबार थियो ।

आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी संघ सुर्खेतले जनाएको छ ।

आइतबार चाँदीको मूल्य १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको सुनचाँदी व्यवसायी तिर्थ सुनारले बताए ।


error: Content is protected !!