जाभीमा देखियो कोरोना संक्रमण

कर्णालीपत्र संवाददाता ११ श्रावण २०७७, आईतवार १४:१७


काठमाडौं, ११ साउन । कतारी क्लब अल सादमा प्रशिक्षक रहेका स्पेन र बार्सिलोनाका लिजेन्ड फुटबलर जाभीमा कोरोना संक्रमण देखिएको छ । ४० वर्षका जाभीले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको उल्लेख गर्दै सेल्फ आइसोलेसनमा बसिरहेको जनाएका छन् ।

चार महिना रोकिएको कतारको शीर्ष लिग फुटबल सुरु भए पनि उनी अहिले टिममा सामेल हुन पाएका छैनन् । ‘केही दिनअघिको परीक्षणमा मलाई संक्रमण देखिएको हो । म अहिले मेरो टिमसँग हुन पाएको छैन’ उनले लेखेका छन् ।

‘स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । तर सबै नियमहरु मानेर पूरा ठीक नहुँदासम्म म आइसोलेसनमा नै हुनेछु । स्वास्थ्यका सम्पूर्ण हिसाबले योग्य भएपछि टिममा फर्कनेछु । मैदानमा भेट्न आतुर छु’ उनले इन्स्टाग्राममा लेखेका छन् ।

जाभी २०१९ मो मेबाट कतारी क्लब अल सादको प्रशिक्षकका रुपमा छन् । त्यसअघि २०१५ मा स्पेनिस क्लब बार्सिलोना छाडको उनी अल सादमा नै चार वर्ष खेलाडीका रुपमा थिए । अहिले उनको चर्चा बार्सिलोना प्रशिक्षक बन्ने विषयमा पनि हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात व्यवस्था कार्यालय नेपालगन्जका एक जना कर्मचारीमा कोरोना संक्रमण

११ श्रावण २०७७, आईतवार १४:१७
बाँके, ११ साउन । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयको सवारी शाखामा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले यसको आधिकारिक पुष्टि भने गरिसकेको छैन । सेवाग्राहीको अध्यधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण […]

सम्बन्धित शीर्षक