डिपी दाहालको ‘मायाको घरवार’ सार्वजनिक (भिडियो)

कर्णालीपत्र संवाददाता ९ श्रावण २०७७, शुक्रबार १७:५१


काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतम सुबेदीकै रहेको छ ।

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कल रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

पछिल्लो पुस्ताकी रुचाइएकी गायिका अस्मीता अधिकारी र मन जीत्ने संगीत श्रृजना गर्न सफल र स्वरका धनी पुरुषोतम सुबेदीको बेजोड स्वर रहेको यस गीतमा, मनका भावनाहरुलाई गीतका शब्दमा उतार्न सफल गीतकार डीपी दाहाल परीश्रमीले उतिकै मिठा शब्दहरु प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साम्राज्ञीले चरित्रहत्या गरेको भन्दै भुवन केसी अदालतमा, १० करोड रुपैयाँ क्षतिपूर्ति माग

९ श्रावण २०७७, शुक्रबार १७:५१
काठमाडौं, ९ साउन । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध बेइज्जतीको मुद्दा हालेका छन् । आज काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध उजुरी परेको हो । अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले उजुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको बताए । ‘आज उजुरी परेर दर्ता गरिएको छ। अब हद […]