शुक्रबार कर्णालीमा ११ संक्रमित थपिदा, ३३ डिस्चार्ज

कर्णालीपत्र संवाददाता ९ श्रावण २०७७, शुक्रबार १६:०९


सुर्खेत, ९ साउन । कर्णालीका शुक्रबार ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ८ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएका परीक्षणमा कालिकोटका २ जना, जाजरकोटका १ जना गरि ३ जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख जिल्लाका ८ जना गरि ११ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘हाल कर्णालीमा कोरोना संक्रमितको संख्या १८२४ पुगेको छ,’ उनले भने ।
३३ जना डिस्चार्ज
शुक्रबार कर्णालीका बिभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरुबाट ३३ जना कारोना संक्रमण निको भएर डिस्चार्ज भएको डा. तिवारीले बताए ।
डा. तिवारीका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट १६ जना, वीरेन्द्रनगर आइसोलेसन सुर्खेतबाट १२ जना, दैलेख अस्पतालबाट १ जना, जाजरकोटको शिवालय आइसोलेसनबाट १ जना, सल्यानको छत्रेश्वरी आइसोलेसनबाट १ जना, रुकुमपश्चिको चौरजहारी अस्पतालबाट २ जना गरि ३३ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।
कर्णालीमा हाल कोरोना संक्रमण निको हुनेको संख्या १५८५ पुगेको र संक्रिय संक्रमितको संख्या २३३ रहेको डा. तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज थप १३३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५ हजार ३८३

९ श्रावण २०७७, शुक्रबार १६:०९
काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टाको थप १३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९८७ जनामा कोरोना परीक्षण गर्दा थप १३३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । विभिन्न क्वारेन्टाइनमा […]