गण्डकी बग्यो सली सली’ तीज गीत (भिडियो)

कर्णालीपत्र संवाददाता ६ श्रावण २०७७, मंगलवार १७:४३

गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुवेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत ‘गण्डकी बग्यो सली सली’ सार्वजनिक भएको छ ।

यस गीतमा गायिका मीना निरौलाको आवाज छ भने गीतको शब्द प्रल्लाद सुवेदीले लेखेका हुन् ।

यस्तै,  गीतकार तथा सर्जक बसन्त थापाले गीतमा संगीत भरेका छन् भने  संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको सो गीतको भिडियोमा मोडल अन्जली अधिकारीलाई देख्न सकिन्छ ।

चर्चित निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।

भाबगंगा डिजिटल प्रा. लि. म्युजिक कम्पनिले सार्वजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाँइले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्भवती अवस्थामा यौन सम्पर्क कति उपयुक्त ?

६ श्रावण २०७७, मंगलवार १७:४३
एजेन्सी । महिला गर्भवती हुँदा थुप्रै कुरामा ध्यान दिनुपर्ने हुन्छ। नजानेर गरिएको सामान्य गल्तिले पनि गर्भपतन हुने जोखिम बढी हुन्छ। त्यसैले मानिसमा गर्भावस्थामा शारीरिक सम्बन्ध राख्नेकी नराख्ने भन्ने कुराको दुविधा हुन्छ। धेरै मानिस गर्भावस्थामा यौन सम्पर्क गर्नु गर्भमा रहेको बच्चाका लागि खत्रा ठान्दछन्। धेरै मानिसले गर्भ रहेको तीन महिनापछि यौन […]