आर्थिक वर्षको अन्तिममा नक्कली योजना, १५ लाख झ्वाम !

कर्णालीपत्र संवाददाता २ श्रावण २०७७, शुक्रबार १२:३४


सुर्खेत, २ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ८ ले आर्थिक वर्ष २०७६/०७७ को अन्तिममा नक्कली योजना बनाएर १५ लाख हिनामिना गरेको छ । असार १५ गते नै वडा कार्यालयमा नक्कली माइन्युट बनाएर १५ लाख हिनामिना गरेका छन् ।
वडा सदस्य तथा वडाबासीलाई जानकारी नै नदिई नक्कली माइन्युट बनाएर १५ लाख रुपैयाँ अध्यक्ष लोकबहादुर बिष्ट र सचिव विष्णुराज बुढाले हिनामिना गरेको आरोप वडा सदस्यहरुले लगाएका छन् ।
वडा अध्यक्ष बिष्टले चार जना वडा सदस्यलाई बिना जानकारी हाम्रो किर्ते हस्ताक्षर आफैँ बिभिन योजनाको रकम हिनामिना गर्ने उद्देश्य राखेको वडा सदस्य रमेश बिष्टले बताए । ‘किर्ते हस्ताक्षर गरेर बिभिन्न योजना र ४ लाख काटेर मोटरसाईकल खरिद गर्ने निर्णय गरेको रहेछ ।’ उनले भने,‘यस्तो निर्णय बिरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका छौं ।’
वडा पालिकाको पिपलरुखदेखि ठाँटीकोटसम्म क्रंक्रिट बाटो निर्माणमा ८ लाख, जुकेखोलादेखि गौतेखालसम्म खानेपानी मर्मतमा ३ लाख र वडा कार्यालय सवारी साधन खरीदमा ४ लाख रुपैयाँ हिनामिना गरिएको वडा सदस्यहरुले आरोप लगाएका छन् ।
वडा सचिवले नक्कली माइन्युट बनाएर योजना निर्माण गरेको वडा अध्यक्ष लोकबहादु बिष्टले बताए । ‘नक्कली माइन्युटमा बनाएर किर्ते हस्ताक्षर वडा सचिवले गरेछन् ।’ उनले भने,‘मैले त यो कुरा भर्खरै थाहा पाए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा नेपालीमाथि अत्याचार, कपाल मुडेर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाइयो

२ श्रावण २०७७, शुक्रबार १२:३४
काठमाडौं, २ साउन । नेपाल–भारत बढ्दो तनावबीच भारतमा रहेका नेपालीमाथि अपमानपूर्ण व्यवहार भएका खबरहरू बाहिर आउन थालेका छन् । बनारसमा रहने एक नेपालीलाई बुधबार जबर्जस्ती कपाल मुण्डन गराएको समाचार बाहिर आएको छ । ती नेपालीको टाउकोमा जय श्रीरामको नारा लेखेर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मूर्दावादको नारा लगाउन बाध्य पारिएको […]