लघुचलचित्र ‘लकडाउन’ समस्या र सदभावको यथार्थ चित्रण

कर्णालीपत्र संवाददाता २९ असार २०७७, सोमबार १७:२४


काठमाडौं । हिले कोरोनाभाइरस प्रकोपका कारण विश्वका धेरै मुलुकले लकडाउनको नीति अख्तियार गरेका छन् । लकडाउन (बन्दाबन्दी) भनेको तिव्र रुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो ।

२०१९–०२० लकडाउनको शाब्दिक अर्थ अवरोध गरीएको क्षेत्रमा जो मान्छे जहा छ, त्यहि रहनु भएकाले यसको उद्देश्य कुनै पनि मान्छे निस्फिक्री रुपमा एक ठाउँबाट अर्को ठाउँ जाँदा हुने जोखिममा कमि ल्याउनु नै हो । सायद कोरोनाका कारण गरिएको लकडाउन मानव इतिहासकै लामो र पट्यार लाग्दो मानिएको छ। यति बेला हामी पनि यहि समयसँगै चलिरहेका छौ ।

अहिले हामी लकडाउन सँगसँगै लकडाउनमा पनि छौ । विश्वका धेरै देशमा अहिले पनि लकडाउन जारी छ । लकडाउन पुर्ण रुपमा कहिले खुल्छ ? अनुमान गर्न सक्ने अवस्था छैन । लकडाउनमा आम नागरिकहरुले भोग्नु परेको समस्या कहाली लाग्दो छ । मानव इतिहासमै पहिलो पटक भोग्नु परेको लकडाउनको विषयलाई देखाउने गरि पत्रकार रामजी ज्ञवालीले छोटो चलचित्र निर्माण गरेका छन् ।

ज्ञवालीले लेखन तथा निर्देशन गरेका हुन् । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रमा आर्थिक अवस्थाले तड्पिरहेका युवाकी प्रेमिकाले उनीप्रति देखाएको सद्भाव र सहयोगको विषय समेटिएको छ । यसको मुख्य भूमिकामा अभिविन्द खनिया, वर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरे छन् । चलचित्रलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको पातारासी गाउँपालिकाले सलह छोपेर ल्याउनेलाई प्रतिकिलो दुई सय दिने

२९ असार २०७७, सोमबार १७:२४
सुर्खेत, २९ असार । जुम्लाको पातारासी गाउँपालिकाले सलह समातेर ल्याउनेलाई प्रतिकिलो दुई सय रुपैयाँ दिने घोषणा गरेको छ । दाङ्ग प्रदेश गरेका सलह डोल्पा हुदैँ जुम्लामा प्रदेश गरेर बालीनाली सखाप पार्न थालेपछि प्रतिकिलोको दुई सय रुपैयाँ दिने घोषणा गरेको हो । सलहले मकै, गहुँ र आलु बारीमा क्षति पुऱ्याउन थालेपछि […]