सरकारले बाढी पहिरो पीडितलाई तत्काल राहत र उद्धार गर्ने

कर्णालीपत्र संवाददाता २७ असार २०७७, शनिबार १४:३५


काठमाडौं, असार २७ । सरकारले अविरल वर्षापछि आएको बाढी पहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले बाढी पीडितलार्य तत्काल राहत, उद्धार र पुर्नस्थापना गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले बाढी पहिरो पीडितलाई उद्धार गरी सार्वजनिक भवन, विद्यालयहरूमा राख्न निर्णय गरेको हो ।

बाढी पहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालहरुसँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । ‘प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा शनिबार थप ७ जनामा कोरोना संक्रमण, १८ जना डिस्चार्ज भए

२७ असार २०७७, शनिबार १४:३५
सुर्खेत, २७ असार । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ७ जनाले कोरोना संक्रमण देखिएको छ भने १८ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल/पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ३ जना, सल्यान जिल्लाका १ जना, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोशशालामा परीक्षणमा रुकुमपश्चिम १ जना […]