Trending

प्रदेशसभा सदस्य भन्छन् कालिकोट र जुम्ला जाने हेलिकप्टर जाजरकोट किन आएन् ?


जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा घाइते भएकाहरूलाई उद्धार गर्न प्रदेश सरकार गम्भीर नभएको भन्दै सांसदहरूले गुनासो गरेका छन्‌ । बारेकोट गाउँपालिका ४ र ६ मा गएको पहिरोमा पुरिएर घाइते भएकाहरूलाई समयमै उद्धार र उपचार नगर्दा उनीहरूको अवस्था गम्भीर बन्दै गइरहेको छ ।

घाइते बिरामीहरुको उद्धारमा प्रदेश सरकार गम्भिर नभएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । शुक्रबार मौसमको कारण देखाएर हेलिकप्टर उडाउन नमानेको प्रदेश सरकारले शनिबार मौसम हुदा पनि उद्धारमा चासो नदिएको गुनासो अर्का प्रदेशसभा सदस्य करबीर शाहीले बताए‌ ।

कालिकोट र जुम्लामा भए मात्र प्रदेश सरकारले हेलिकप्टर छिटो पठाउने, तर अन्य जिल्लामा ध्यान नदिने गरेको शाहीले गुनासो गरे ।


error: Content is protected !!