Trending

केएमसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि


काठमाडौं, २७ असार । काठमाडौंको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएका १ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

२५ असारमा मृत्यु भएका गोकर्णका ५४ वर्षीय ति पुरुषमा पीसीआर शुक्रबार परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।

यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ती व्यक्तिको कोरोनाबाट मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

अस्पतालका अनुसार ती पुरुष मिर्गौलाका बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि १९ असारमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो ।

श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।


error: Content is protected !!