पार्टीभित्र उठेको विवाद स्वभाविक हो, समाधान गर्छौँ: प्रधानमन्त्री

कर्णालीपत्र संवाददाता २७ असार २०७७, शनिबार ०६:५३
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपाभित्र भइरहेको स्वभाविक भएको बताएका छन्। देशबासीका नाममा सम्बोधन गर्दै ओलीले राजनीतिक दलभित्र बसह र विमती हुनु स्वभाविक भएकाले यसले सरकारको कामबारबाहीबारे कुनै असर पर्ने बताएका हुन्।

बाढी पहिलो र कोरोनाबाट बच्न आह्वान गर्न ओलीले राजनीतिक विषयले सबैको ध्यान ताने पनि रोग र भोकबाट नागरिकलाई बचाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले भने, ‘जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो। पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्। यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ।’

उनले नेकपाभित्र देखिएको संकटप्रति संकेत गर्दै व्यवस्था प्रति उठेको प्रश्न स्वभाविक भए पनि आफू त्यसलाई बचाउने पक्षमा रहेको उल्लेख गरे।

‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्छ, उनले भने,

‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केएमसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

२७ असार २०७७, शनिबार ०६:५३
काठमाडौं, २७ असार । काठमाडौंको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएका १ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । २५ असारमा मृत्यु भएका गोकर्णका ५४ वर्षीय ति पुरुषमा पीसीआर शुक्रबार परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए । यद्यपि स्वास्थ्य तथा जनसंख्या […]