Trending

राजीको उपचारका लागि असिम अटो पार्टसद्वारा सहयोग


सुर्खेत, २६ असार । ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित पञ्चपुरी नगरपालिका–१० चाम्रीका १५ बर्षिया चन्द्र राजीको उपचारमा असिम अटो पार्टस वीरेन्द्रनगर सुर्खेतले १० हजार नगद रुपैयाँ सहयोग गरेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारत बालक राजीको आर्थिक समस्या रहेका छन् ।

राजीको उपचारमा केही सहयोग पुगोस भनेर असिम अटो पार्टसका सञ्चालक तथा उद्योण बाणिज्य महासंघ सुर्खेतका महासचिव लक्ष्मण कँडेल र शोभा कार्की कँडेलले १० हजार आर्थिक सहयोग गरेका हुन् ।

१५ बर्षिय राजी बालकको दुवै खुट्टाहड्डी पाक्ने रोगबाट ग्रसित भएको र उपचारमा आर्थिक अभाव कारण करिब ३ हप्तादेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसियुमा भर्ना भएका छन् । दुबै खुट्टा पाकेको अवस्थामा आइसीयुमा उपचार भैरहेको र अस्पतालले उपचारको लागि आइसोलेसन वार्ड, अप्रेशन, सामान्य औषधी, तथा खानाको व्यवस्था अस्पतालले गरेको अस्पताल निर्देशक डा. डम्बर खड्काको बताए ।

राजीको आर्थिक अवस्था कमजोर भएका कारणले सहयोगका लागि सबैमा आग्रह गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताए ।

चन्द्र राजीको उपचारमा गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले जनाएको छ ।


error: Content is protected !!