सरकारी चेक भुक्तानीमा आजदेखि बन्देज

कर्णालीपत्र संवाददाता २५ असार २०७७, बिहीबार १६:४६


काठमाडौं, २५ असार । सरकारले आजदेखि चेक भुक्तानीमा बन्द गरेको छ । सरकारी हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले परिपत्र जारी गर्दै सबै कोष तथा लेखा नियन्त्रकका कार्यालयलाई चेक भुक्तानी नगर्न र नगराउन निर्देशन जारी गरेको हो ।

चालू आर्थिक वर्ष सकिन अब ८ दिनमात्रै बाँकी छ । सामान्यतया कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा तथा भुक्तानी लिएर आर्थिक वर्ष सकिनु एक साताअघि कारोबार बन्द गराउनुपर्ने प्रावधान छ । सोही प्रावधानका आधारमा असार २५ अर्थात बिहीबारबाट सरकारी निकासा तथा भुक्तानी दिन बन्द गर्न र सरकारी भुक्तानीको कारोबार बन्द गर्न निर्देशन दिएको कार्यालयले जनाएको छ । यद्यपि, कार्यालयलाई अति आवश्यक काम परी खर्च गर्नुपर्ने अवस्था आएमा कोष तथा लेखा नियन्त्रकको स्वीकृति लिएर निकासा दिनसकिने माहालेखाले भनेको छ । महालेखाद्वारा जारी गरिएको निर्देशन पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष सकिनुभन्दा कम्तिमा सात दिनअगावै सम्बन्धित कार्यालयहरूले कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा भुक्तानी लिइ आर्थिक कारोबार बन्द गर्ने र निरीक्षण गर्दा नगरेको पाइएमा बन्द गर्न लगाउने ।’

महालेखाले आफू मातहतका निकायलाई हिसाब मिलान गर्न १४ बुँदे निर्देशन समेत जारी गरेको छ । महालेखाले चालू आर्थिक वर्षमा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न समेत सबै कोष तथा लेखा नियन्त्रक कार्यालयललाई निर्देशन दिएको छ । सबै कोलेनिकाले सम्पादन गर्नुपर्ने काम समयमै सम्पन्न गर्न र कामको चापलाई मध्यनजर गरी कार्यालय समयअघि या पछि पनि सेवा दिन निर्देशन गरेको छ ।

उसले फ्रिज नहुने भनि तोकेको उपशीर्षक बाहेकका अन्य उपशिर्षकमा खर्च नभई बाँकी रहेको निकासा रकम चालू आर्थिक वर्षभित्रै कोष तथा लेखा नियन्त्रकको कार्याालयमा फिर्ता हुने व्यवस्था मिलाउन निर्देशन गरेको छ । यस्तै, सात दिनअगावै सम्बन्धित कार्यालयहरूले कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट निकासा भुक्तानी लिइ आर्थिक कारोबार बन्द गर्ने गराउने ब्यवस्था गर्न र गरे नगरेको निरीक्षण गरि नगरेको पाइएमा बन्द गर्न लगाउन निर्देशन दिएको छ । यस्तै, सरकारी कार्यालयमा प्रयोग हुने सबै खालको राजस्वको चेक पनि असार मसान्तभित्रै जम्मा गर्ने व्यवस्था मिलाउनु पर्ने परिपत्रमा उल्लेख गर्दै असार मसान्तसम्म बजेट खर्च खाता र २०७७ साउन १ गतेदेखि बजेट खर्च भुक्तानी हुने व्यवस्था मिलाउन भनिएको छ ।

One thought on “सरकारी चेक भुक्तानीमा आजदेखि बन्देज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोहना अन्सारीको ट्वीटप्रति आयोगको आपत्ति

२५ असार २०७७, बिहीबार १६:४६
काठमाडौं, २५ असार । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीको ट्वीटप्रति अध्यक्ष अनुपराज शर्माले ध्यानाकर्षण भएको जनाएका छन् ।  एक विज्ञप्ति जारी गर्दै अध्यक्ष शर्माले मंगलबार सदस्य अन्सारीले गरेको ट्वीटप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । अन्सारीले मंगलबार ट्विटरमा समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीमाथि आफ्नो विधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम […]

सम्बन्धित शीर्षक