सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरापलिका–५ जम्बु–मानेश्वाराँमा पहिरो तथा खहरे खोलामा आएको बाढीका कारण कम्तिमा दुईजनाको ज्यान गएको छ ।
याल्मो भन्ने ठाडो खोलाको बाढी तथा पहिरोका कारण ११ वटा घरमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
एक बच्चा र एक वयश्यकको शव भेटिएको उनले बताए । १६ जना बेपत्ताको खोजी भइरहेको छ । अरु चारजना घाइते भएका छन् ।
यस्तै बाह्रबिसे–३ मा खाकदल खोलाको बाढीले कच्ची–पक्की गरी २० घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिएका छन् ।
बाढीले भोटेकोशीको पुल पनि बगाएको छ । यस्तै अरनीको राजमार्गका विभिन्न ठाउँमा बाटो नै बगाएको उनले बताए । केही गाडी पनि बाढीले बगाएको छ । मानवीय क्षतिबारे अहिले नै भन्न नसकिने उनले बताएका छन् ।