धर्मराज र रेखाको ‘हाम्रो रास्कोट नगरपालिका’ गित सार्वजनिक (भिडियो)

कर्णालीपत्र संवाददाता २४ असार २०७७, बुधबार १२:१०

सुर्खेत, २४ असार । कर्णाली र सुदुरपश्चिमको मौलिक डेउडा सस्कृतिलाई बचाउन गायक रेखा जोशी र धर्मराज न्यौपाने (शिशिर) ले ‘हाम्रो रास्कोट नगरपालिका’ गित बजारमा ल्याएका छन् । रास्कोट नगरपालिकाको वर्णन गरिएको गीतमा स्थानीय तहको बिभिन्न पक्षमा बिषयमा जानकारी दिइएको छ ।

रास्कोट नगरपालिका बिषयमा चित्रण र त्यहाँको मौलिक संस्कृति गितमा समेटिएको छ । धार्मिक, पर्यटकीय क्षेत्रका बिषयमा ‘हाम्राृे रास्कोट नगरपालिका’ लय शब्द तथा धर्मराज न्यौपानेले गरेका छन् । गितमा न्यौपाने र गायिका रेखा जोशीको श्वर रहेको छ । खग्रेन्द्र न्यौपानेले छायाँकन गरेको म्युजिक भिडियो राजेश कुमारले सम्पादन गरेका हुन् भने ललित बिक र मनिषा हमालको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश अस्पताल सुर्खेतमा नयाँ पीसीआर मेसिन जडान

२४ असार २०७७, बुधबार १२:१०
सुुर्खेत, २४ असार । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षणका लागि नयाँ पीसीआर मेसिन जडान गरिएको छ । प्रदेश सरकारले प्रदेश अस्पतालमार्फत नयाँ पीसीआर मेसिन खरिद गरि जडान गरेको हो । पहिले ल्याएको मेसिन बिग्रिदा डेढ सातादेखि कोरोना परक्षिण रोकिएको थियो । कोरोनाको परीक्षण रोकिदा दैलेख अस्पताल, भेरी अस्पताल नेपालगंज […]